|

काठमाडौं :  आइओईले इन्जिनियरिङ विषयको शुल्क अत्यधिक वृद्धि गरेको भन्दै सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आज सरकार विरुद्ध प्रदर्शन गरेको छ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्न गएका उनीहरूलाई प्रहरीले भाटभटेनी मै रोकेको छ। प्रहरीले निषेधित क्षेत्रमा रोकेपछि केहिबेर प्रहरी र विद्यार्थीहरू बीच घम्साघम्सी समेत भएको थियो।

आइओई कार्यान्वयन समितिको २०८० श्रावण २५ गतेको निर्णय अनुसार इन्जिनियरिङ अध्ययन संस्थान अर्न्तगतका आङ्गिक क्याम्पसहरूको शुल्क २ लाख ८० हजारवाट बढाएर ७ लाख ७५ हजार पुयाएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन्।

 विश्वविद्यालयको इन्जिनियरिङ शिक्षा एकै मापदण्ड तय गरी एकरुपता ल्याउनुपर्ने, वृद्धि भएको १४४ % अवैज्ञानिक र असान्दर्भिक शुल्क वृद्धि तुरुन्तै फिर्ता लिनुपर्ने जस्ता मागहरू उनीहरूले राखेका छन्।

प्रदर्शनका क्रमममा विद्यार्थीहरूले आइओई का डीनको राजिनामा समेत माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.