|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र विस्तारै लयमा फर्कन सुरु गरेको दाबी गरेका छन्।

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरमा कार्यक्रममा सहभागी हुँदै उनले सरकारले चालेका सुधारात्मक कदमबाट अर्थतन्त्री लयमा फर्कन सुरु गरेको दाबी गरेका हुन्। 

‘सरकारले चालेका सुधारात्मक कदमबाट अर्थतन्त्र विस्तारै लयमा फर्कन सुरु गरेको छ,’ उनले भने, ‘राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार अर्थतन्त्रका सूचकांकहरु सकारात्मक दिशातर्फ उन्मुख भएका छन्।’

प्रधानमन्त्री दाहालले असार मसान्तसम्म सोधनान्तर स्थिति २ सय ९० अर्ब ५२ करोड रुपैयाँको बचत रहेको जानकारी दिए। साथै विदेशी विनिमय संचिति पनि गत वर्षको यही अवधिको तुलनामा २६ दशमलव ६ प्रतिशतले वृद्धि भई आगामी दश महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने अवस्थामा रहेको जनाए।

 ‘२०८० असार मसान्तसम्म सोधनान्तर स्थिति २ सय ९० अर्ब ५२ करोड रुपैयाँको बचतमा रहेको छ,’ प्रधानमन्त्री दाहाले भने, ‘विदेशी विनिमय संचिति गत वर्षको यही अवधिको तुलनामा २६।६ प्रतिशतले वृद्धि भइ १५ सय ३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको र यसले करिब १० महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने अवस्था रहेको छ। विप्रेशण आय (रेमिटेन्स) मा २१ दशमलव २ प्रतिशतले वृद्धि भई १२ सय २० अर्ब ५६ करोड पुगेको छ।’

प्रधानमन्त्री दाहालले वैदेशिक लगानी प्रर्वद्धन गर्न नीतिगत र संस्थागत सुधार गर्दै वैदेशिक लगानीको स्वीकृति प्रक्रियालाई सहजीकरण गर्न थ्रेस होल्ड हटाउनेलगायत कार्य अगाडि बढाइएको जनाए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.