|

काठमाडौँ : बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका दुई व्यक्तिलाई आज प्रहरीले काठमाडौँको सतुङ्गलबाट पक्राउ गरेको छ।
 

कास्की जिल्ला अदालत, पोखराको असार १ गतेको आदेशानुसार २ वर्ष कैद सजायँ तोकी फरार रहेका प्रतिवादी राजेन्द्र भण्डारी र निर्मला कार्की भण्डारीलाई आज सतुङ्गलबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

मदन केसीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कास्की घर भई हाल जिल्ला काठमाडौँको सतुङ्गल घर भएका ४५ वर्षीय राजेन्द्र भण्डारी भएको चेक अनादर बिगो मुद्दामा उनीहरु दोषी ठहर भएका थिए। निर्मला कार्की (भण्डारी) विरुद्ध प्रविनकुमार श्रेष्ठले जाहेरी दिएका थिए। 

उनीहरुलाई आवश्यक प्रक्रिया पुरा गरी फैसला कार्यान्वयन तथा थप अनुसन्धानका लागि आजै काठमाडौँबाट वडा प्रहरी कार्यालय रामबजार, कास्की पठाइएको रेग्मीले बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.