|

काठमाडौँ : कर्तव्य ज्यान मुद्दामा मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादव पक्राउ 

उनलाई आज दिउँसो २ः५५ बजे राजविराज नगरपालिका ७ बाट नियन्त्रणमा लिइएको मधेश प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रविण पोखरेलले थाहा खबरलाई जानकारी दिए। विसं २०६४ सालमा भएको एउटा हत्या घटनामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यादव सप्तरी क्षेत्र नं ४ (ख)बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । प्रदेश सांसद यादवलाई पक्राउ गरी आजै जिल्ला अदालत सप्तरीमा हाजिर गराइएको छ। 

एसएसपी श्रेष्ठका अनुसार रिताकुमारी चौधरीको जाहेरीले २०६८ चैत १९ गते सप्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा गरेको आदेशअनुसार उनलाई पक्राउ गरिएको हो । 

अदालतमा हाजिर हुन म्याद जारी भए पनि हाजिर नगरेर कसुर स्वीकार गरेको अदालतकाे निष्कर्षका आधारमा उनी समातिएका हुन्। अदालतले मुल्तवीमा रहेकाे मुद्दा अनुसन्धान गर्नु भन्ने आदेश दिएको थियो ।

साेही आदेशपछि फरार रहेका उनी समातिएका हुन्।​ तत्कालिन बोदे बर्साइन गाविस–४ बाट २०६४ असार ९ गते अपहरण गरी सोही दिन नेङ्गडा गाविस–५ वैरिया टोलमा पुर्‍याई गोली हानी गोविन्द चौधरीको हत्या भएको थियो। यादवकै निर्देशनमा उनकाे हत्या भएकाे आरोप छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.