|

चितवनः चितवनको कालीखोलामा शुक्रबार पहिरोसँगै बगेर बेपत्ता भएकामध्ये एक प्रहरीको शव फेला परेको छ। 

घटनास्थलबाट झण्डै ५० किलोमिटरको दूरीमा नारायणी नदीमा लीलबहादुर चेपाङकफ शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

उनका अनुसार नवलपरासीको रजहर भन्दा तल नारायणी नदीमा बगाउँदै गरेको अवस्थामा उनको शव फेला परेको र अहिले निकाल्ने प्रयास भइरहेको छ। 

मृतकले लगाएको कपडाको आधारमा शवको पहिचान भएको समेत थापाले जानकारी दिए। अर्का एक जना प्रहरी जवान सन्दीप कार्की भने बेपत्ता नै छन्। उनीहरू चढेको प्रहरीको जिपसमेत बेपत्ता छ।

चितवनको ईच्छाकामना गाउँपालिका– ६ स्थित कालीखोलामा शुक्रबार बिहान पहिरोसँगै बगेर बेपत्ता भएका प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङ र प्रहरी जवान दीपककुमार मास्केको शव सोही दिन घटनास्थलमा पुरिएको अवस्थामा फेला पारिएको थियो।

सँगै बगेको ना५ख ७८२७ नम्बरको ट्रक भिरमा अड्किएको अवस्थामा छ। ट्रकका चालक भागेर ज्यान जोगाएका थिए भने सहचालकलाई घाइते अवस्थामा उद्धार गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.