काठमाडौं : एसिया कप खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।
उनीहरूलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
विश्व क्रिकेटको पावरहाउस पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गरेको नेपाल दुबै खेलमा पराजित भयो।
पाकिस्तानको मुल्तानमा भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो। पाकिस्तानको मुल्तानपछि भारतसँग खेल्न नेपाली टोली श्रीलंका पुगेको थियो। वर्षाले प्रभावित खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो।
दुवै खेल हारे पनि साहसिक प्रदर्शन गरेको टोलीको स्वागत गर्न क्रिकेटप्रेमी विमानस्थल पुगेका थिए।
(हेरौं केही तस्बिर)
तपाईंको ईमेल गोप्य राखिनेछ ।