|

काठमाडौं :  मानव बेचबिखनविरुद्ध राष्ट्रिय दिवसको अवसरमा नाटक ‘आधा आकाश’ शिल्पी थिएटरमा, मञ्चन गरियो। 

नाटक आधा आकाशमा परिकल्पनाकार तथा निर्देशक घिमिरे युवराजले गरिब परिवारका बालिकालाई निःशुल्क शिक्षा दिने, आकर्षक जागिर लगाइदिने, कलाकार बनाइदिने जस्ता प्रलोभन देखाएर दलालहरूले शहरबजारमा देहव्यापार लगायत काम लगाउने गरेको विषयलाई समेटेका छन्। 

अन्तरक्रियात्मक यो नाटकमा यसरी दलालको हातबाट विभिन्न ठाउँमा पुगेका बालिकालाई समाजले हेर्ने दृष्टिकोण, उनीहरू आफैँ पनि  के सोच्छन् र त्यस चङ्गुलबाट कसरी निस्कन सक्छन् भन्ने कुरा नाटकको अन्त्यमा दर्शकसँगको अन्तरक्रियाले जोडेको थियो । 

हाम्रो समाजमा मानव बेचबिखनको मुद्दामा अनुत्तरित रहेका यस्ता थुप्रै विषय छन्। यही विषयलाई समेटेको नाटक आधा आकाश नाटक समाप्त भए पनि अपूरो जस्तो लाग्दछ। ​

नाटक आधा आकाश भदौ २० गते बुधबार साँझ ५ः३० बजे प्रदर्शन भएको हो। एउटा मात्र प्रदर्शन भएको नाटकमा शिल्पी थिएटरका कलाकारको अभिनय थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.