|

काठमाडौं : प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक भगवत् गीता’ को दोस्रो गीत ‘के तिमीलाई यो कुराको खबर छ?’ सार्वजनिक भएको छ। 

मैथली र नेपाली भाषाको समिश्रणमा तयार पारिएको गीत कृष्ण जन्माष्टमीको अवसर पारेर सार्वजनिक गरिएको हो।

जनकपुरको सेटिङमा खिचिएको सार्वजनिक गीतमा सबिन एकतारेको शब्द रचना तथा हर्कुलस बस्नेतको संगीत रहेको गीतमा संगीतकार बस्नेत, रजज्ञा श्रेष्ठ र सुमन गुरुङको स्वर सुन्न सकिन्छ। सिनेमाका मुख्य अभिनेत्री सुहाना थापा र बालकलाकार जेभिस र जेभिन श्रेष्ठलाई फिचर्ड गरिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ। राजेश श्रेष्ठले खिचेको गीतलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन्।

झरना थापा निर्देशित अन्तरजातीय प्रेमकथामा आधारित सिनेमामा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर र धिरज ठाकुरको पनि अभिनय छ।

सुनिलकुमार थापाको निर्माण रहेको चलचित्रको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो। झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको चलचित्रमा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन्।

सुहाना इन्टरटेनमेन्ट र सुनिलकुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना छ।

चलचित्रको प्रदर्शन भदौ २९ गतेदेखि हुने बताइएको छ। ​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.