काठमाडौ : मूल्य वृद्धिको विरोध र सुरक्षित बासको माग राख्दै नेकपा एमाले समर्थित भूमि अधिकार तथा श्रमिक संगठन प्रदर्शनमा उत्रिएको छ।
आइतवार माइतीघरमा प्रदर्शनका क्रममा हालै बढाइएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुनुपर्ने, बजार भाउ नियन्त्रण हुनुपर्ने, भूमिहीनलाई सुरक्षित आवासको व्यवस्था हुनुपर्ने जस्ता माग राखेर विभिन्न नारा लगाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगी प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्।
उनीहरुले प्रधानमन्त्रीसमक्ष भूमिहीनहरुका विभिन्न ७ बुँदे माग प्रस्तुत गरेका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।