|

बाजुरा : स्वामीकार्तिक–३ कडारबाडाका मंगल्या कडाराले अहिलेसम्म आफ्नै हातले मतदान गरेका छैनन्। यसपटक पनि उनका रिथी(साहु) लाई नै मतदान गर्न दिने योजनामा छन्। भन्छन्, ‘हामी राउँदैनौं, बिग्रिएला, रौतेला उठिबक्सेको छ, भोग्या रौतेलाकन बिन्ती गरुँलाँ (हामी थाहा पाउँदैनौं, बिग्रिएला, बाबुसा’ब उठेका छन्, साहुलाई मत हाल्न आग्रह गर्छु)।’

सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, अछाम, डोटीलगायत जिल्लामा अझै पनि खलो र हलिया प्रथा कायमै छ। आफ्नो जग्गा नभएका कारण यहाँका दलित उपल्ला जातिको खेतमा काम गर्छन्। खेतमा काम गरेबापत पाउने अन्नलाई खलो प्रथा भनिन्छ।

शिक्षाबाट वञ्चित उनीहरू आफैंले मतदान गर्दा बिग्रने डरले साहुलाई मतदान गर्न दिन्छन्। यस क्षेत्रका दलितमध्ये कडाराले घर चिन्ने, लोहारले फलामको काम गर्ने, दमाइले कपडा सिलाउने चदाराले काठको काम गर्ने र सहनाईले बाजा बजाउने गर्छन्। यस्तै सुनारले सुन बनाउने, हुँड्केले नाचगान गर्ने, कुमालले माटो भाँडा बनाएर साहुको आवश्यकता पूरा गर्छन्। बदलामा अन्न पाउँछन्।

दोस्रो चरणमा स्थानीय चुनाव हुन लागेको बाजुरामा नौ तह छन्। नौ स्थानीय तहमध्ये कांग्रेस र एमालेले एक पदमा पनि दलित उठाएका छैनन्। माओवादी केन्द्रले भने दुई नग र एक गाउँपालिकामा दलित उम्मेदवारलाई उठाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.