|

काठमाडौं : पेशागत सुरक्षाको माग गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीले हडताल आह्वान गरेका छन् । 

उनीहरूले सोमबार र मंगलबार भन्सार कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी–पैठारीसम्बन्धी सम्पूर्ण कार्य पूर्ण रूपमा बन्द गर्ने जनाएका छन् । 

विमानस्थलका सेवामा हडताल गर्न नपाउने कानुनी प्रावधानलाई चुनौती दिँदै उनीहरूले हडतालका विभिन्न कार्यक्रम घोषणा गरेका हुन् । त्यसैअनुरूप उनीहरूले आइतबार तीन घन्टा ‘पेन डाउन’गरेका थिए । 

पेशागत सुरक्षा नभएको भन्दै १२ दिनअघि भन्सार विभागमा सामूहिक सरुवाको निवेदन बुझाएका उनीहरूले त्यसको सुनुवाइ नभएको तथा कार्य वातावरण झन् बिग्रिँदै गएको उनिहरुको भनाइ छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.