|

काठमाडौं : शिक्षकहरूले विद्यार्थीहरूलाई शारीरिक वा मानसिक दुर्व्यवहार गरेको पाए पाँच तलब वृद्धि रोक्का र बढीमा पाँच वर्षसम्म बढुवा रोक्का गर्नेगरी कारबाही तोकिएको छ। बुधबार संसदमा दर्ता भएको विद्यालय शिक्षा विधायकमा उक्त व्यवस्था तोकिएको हो।

‘अध्यापन गर्ने कार्य जिम्मेवारीपूर्वक पूरा नगरेमा,अनुशासनहीन काम गरेमा,निर्देशन पालना नगरेमा,विद्यार्थीलाई शारीरिक वा मानसिक रूपमा दुर्व्यवहार गरेमा बढीमा पाँच तलबवृद्धि रोक्का गर्ने वा बढीमा पाँच वर्षसम्म बढुवा रोक्का गरिने छ,’विधेयकमा भनिएको छ।

यस्तै,विद्यार्थीको पीर मर्का र गुनासो पटक पटक बेवास्ता गरेको सम्बन्धमा प्रधानाध्यापक वा विद्यालय व्यवस्थापन समिति वा स्थानीय तहले दिएको निर्देशन पालना नगरेमा,अध्ययन अध्यापनमा जानाजान लापरबाही तथा ढिलासुस्ती गरी विद्यार्थीको सिकाइमा हानि पुर्‍याएमा यी माथिका दुवै कारबाही गरिनेछ।

बढुवाको दरखास्त फाराम भर्दा झुट्टा विवरण पेस गरेको प्रमाणित भएमा, बिदा स्वीकृत नगराई लगातार पन्ध्र दिनभन्दा बढी समय विद्यालय अनुपस्थित रहेमा पनि कारबाही गरिने विधेयकमा उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.