|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक शुक्रबार बस्ने भएको छ। बैठक बिहान ११ बजे बसुन्धरामा बस्नेछ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। उनका अनुसार बैठकमा राजनीतिक, सांगठनिक, सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदनका साथै विभिन्न प्रदेशका प्रतिवेदन प्रस्तुत हुनेछन्। बैठक आइतबार समापन हुनेछ।

यसअघि बुधबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन हुनुपर्ने माग गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.