|

प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका शीर्ष नेता किम जोङ उनले रुससँग उत्तर कोरियाको सम्बन्ध विकास गर्नु आफ्नो लागि उच्च प्राथमिकताको विषय भएको बताएका छन्।

बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले रुस र उत्तर कोरियाको मित्रता गहिरो रहेको भन्दै रुससँगको सम्बन्ध आफ्नो देशका लागि उच्च प्राथमिकतामा रहेको बताए।

उनले रुसको सुदूरपूर्वको अमुर क्षेत्रस्थित भोस्टोचनी स्पेसपोर्टमा रुसी राष्ट्रपति पुटिनसँग भेट गरेका थिए। रुसी राष्ट्रपतिलाई आफूलाई भ्रमण गर्न निमन्त्रणा गरेकोमा धन्यवाद दिँदै भ्रमण महत्वपूर्ण समयमा भएको बताए।

उनले दिपक्षीय वार्ताले सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन मद्दत गर्ने विश्वास व्यक्त गरे।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.