|
प्रतीकात्मक तस्वीर

सर्लाही : सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी बिहीबार बिहान एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।

बागमती नगरपालिका ८ गाजलीचोकस्थित राजघाटबाट सोल्टी आइरहेको बा ३० प ९४०७ नम्बरको मोटरसाइकल र हरिवनबाट रौतहटको समनपुर जाँदै गरेको ना ५९ प ५१७७ नम्बरको मोटर साइकल एक आपसमा ठोकिँदा बा ३० प ९४०७ नम्बरको मोटरसाइकल चालक बागमती नगरपालिका ८ शंकरपुरका ५० वर्षीय गणेश कार्की गम्भीर घाइते भई हरिवनस्थित सरस्वती हस्पिटल हरिवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

अर्को मोटरसाइकल सवार हरिवन नग।पालिका १ का ३२ बर्षिय मुकेश कुमार साह उनको श्रीमती २६ वर्षीया शान्ता कुमारी साह र ३ वर्षीया छोरी प्रिया कुमारी साह घाइते भएका छन्।

प्रियाको टाउकोमा चोट लागेको छ। उनको अबस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। उनीहरुको हरिवन स्थित नमुना अस्पतालमा उपचार भैरहेको जनाएको छ।

मृतक कार्कीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लाने तयारी भइरहेको जनाएको छ। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रनाउ लामिछानेले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.