|

पर्वत : परम्परागत आरनहरूलाई आधुनिक र पूर्ण व्यावसायिक नबनाए यसैको आधारमा जीवन गुजारिरहेकाहरूलाई समस्या हुन सक्ने भन्दै विहादी गाउँपालिकाले १७ उद्यमीलाई आरनमा प्रयोग हुने आधुनिक उपकरण वितरण गरेको छ। 

परम्परागत आरन व्यवसायलाई प्रोत्साहन गर्दै आत्मनिर्भर बनाउनुका साथै रोजगारी सिर्जना हुने अपेक्षासहित आरन उद्यमीलाई ती सामग्री वितरण गरेको गाउँपालिकाका प्रमुख विहादी ​गाउँपालिकाका अध्यक्ष परविन गुरुङले बताए।

आरन सञ्चालन गर्दै आएकाहरूको दैनिकीमा सहज बनाउन गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ‘आरन सुधार कार्यक्रम’ तयार पारिएको थियो। जस अन्तर्गत १७ जना उद्यमीलाई प्रति उद्यमी करिब २२ हजार मूल्य बराबरका सामग्रीहरू पर्ने गरी वेल्डिङ मसिन, ग्रिन्डर मसिन, दुई थान घन, ब्लोर लगायतका वितरण गरिएको हो।

उनीहरूलाई सामग्री वितरण गर्दै गाउँपालिकाका अध्यक्ष गुरुङले पुर्ख्यौली पेशाको रूपमा रहेको आरन पेशा नै लोपोन्मुख अवस्थामा रहेकाले सबैलाई नभए पनि केही युवालाई काम सिकाउन अनुरोध गरे। गाउँबाट बसाइसराइको दर बढ्दै गएपछि हतियार तथा धातुका सामग्री बनाउने ग्राहकहरूको सङ्ख्या बढ्दै जाँदा गाउँ गाउँमा रहेका आरनहरू काम विहीन बनेको उनको भनाइ छ।

बजारमा सहजै पाइने आयातित सामग्रीले भाउ पाउँदा पनि गाउँमा रहेका आरनले काम पाउन नसकेको बर्राचौरका ५० वर्षीय धनबहादुर विकले बताए। आजभोलि बालीघरे प्रथा हराउँदै गएकाले पनि आरन संकटमा परेको उनले बताए। मिहिनेतका साथ आरनमा वर्ष दिनसम्म काम गर्दा केही पाथी अन्नमा चित्त बुझाउनुपर्दा व्यवसाय धान्न नसकिएको धनबहादुरको गुनासो छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.