|

काठमाडौँ : उच्च अदालतका ७ र जिल्ला अदालतका ५ जना न्यायाधीशको सरुवा भएको छ।

न्याय परिषद्को आज (आइतबार) बसेको बैठकले न्यायाधीशको सरुवा गरेको हो। 

बैठकले जिल्ला न्यायाधीशको २९ पदका लागि भएको परीक्षामा एक जनाले मात्र लिखित परीक्षा उत्तीर्ण गरेको विषयमा छलफल गरेको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भने, ‘२९ जनाका लागि  खुलाएको विज्ञापनमा जम्मा १ जना उत्तीर्ण भएको पाइयो, यसबारे पनि बैठकमा समीक्षा भएको छ।’ 

गत २६ जेठमा न्याय सेवा आयोगले २९ जिल्ला न्यायाधीश माग गर्दै गरेको विज्ञापनमा २११ जनाले लिखित परीक्षा दिएका थिए।

उनीहरूमध्ये पारसमणि पोखरेल मात्रै उत्तीर्ण भएका हुन्। उनको अन्तरवार्ता सोमबार हुनेछ। उनी न्याय सेवामा उपसचिव थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.