|

काठमाडौँ : सूचना प्रविधिका विद्यार्थीलाई आफूले सिकेका नवीनतम प्रविधिको व्यावहारिक अनुप्रयोग प्रदर्शनसँगै अवसर दिने उद्देश्यले ‘कोड फर चेन्ज’ले योपटक पनि देशव्यापी प्रतिस्पर्धा गराउने भएको छ।

नेपालमा सबैभन्दा ठूलो आईटी ह्याकाथन दाबी गरिएको ‘कोडफेस्ट’ सातैवटा प्रदेशमा सेप्टेम्बर २१-२८ सम्म सञ्चालन गराई त्यहाँबाट छनौट भएकालाई काठमाडौंमा अक्टोबर ६-८ मा प्रतिस्पर्धा गराइनेछ।

कोड फेस्ट ह्याकाथनको प्रारम्भिक तयारीसहित दर्ता प्रक्रिया अघि बढेको आयोजकले जनाएको छ। यसमा सबै किसिमका विद्यार्थीले टीम बनाएर दर्ता गराउन सक्ने बताइएको छ। एउटा समूहमा कम्तीमा २ जना र बढीमा ४ जना सहभागी हुन पाउने बताइएको छ।

दिगो विकासका लक्ष्यमध्ये ३, ४, ५, ९, ११, १३ र १६ नम्बर बुँदामा आधारित भएर सात थिममा यस वर्षको योजना रहेको आयोजकका परियोजना प्रमुख कृष्णप्रसाद पोखरेलले बताए।

प्रमुखका अनुसार उक्त सात थिम गुड हेल्थ एण्ड वेल बिइङ, क्वालिटी एजुकेशन, जेण्डर इक्युलिटी, इण्डस्ट्री इनोभेशन एण्ड इन्फ्रास्ट्रक्चर, स्मार्ट सिटिज, क्लाइमेट एक्सन, र पिस जस्टिस एण्ड स्ट्रङ इन्स्टिच्युसनमा आधारित रहेर कुनै किसिमका समाधान सुझाउने गरी गरिने प्रोजेक्टलाई छान्ने र बीचमा प्रतिस्पर्धा गराई उत्कृष्ट समूहहरूलाई विशेष पुरस्कार सहित विभिन्न ठाउँमा अवसर प्रदान गरिनेछ।​

कोडफेस्ट २०२३ को विजेता टीमले ५० हजार, पहिलो पदक विजेताले २५ हजार, दोस्रो पदक विजेताले १५ हजारसहित थप पुरस्कार प्रदान गर्नेछन्। टप टीमले नि:शुल्क होस्टिङ प्राप्त गर्ने गर्नेसँगै सहभागी सबै टीमलाई होस्टिङ सेवामा ३० प्रतिशत छुट दिइने पोखरेलले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.