|

बाढीग्रस्त लिबियामा अन्तर्राष्ट्रिय सहयोग बढ्न थालेको छ। बाढीले तहसनहस बनाएको एक सातापछि खोजी र उद्धार प्रयास जारी रहँदा अन्तर्राष्ट्रिय सहायता प्राप्त हुने क्रम बढ्न थालेको हो।

तर, बाढीले शहरमा प्रवेश गर्ने सडक भत्काएका कारण राहत र उद्धार कार्य कठिन बनेको छ। बाढीले डर्ना शहरमा मात्रै मृत्यु हुनेको संख्या ११ हजार ३ सय पुगिसकेको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन्। हजारौं मानिस अहिले पनि बेपत्ता रहेकाले मृतकको संख्या २० हजार पुग्न सक्ने अनुमान गरिएको छ।

डर्नामा बाँचेका मानिस पनि घरबारबिहीन भएका र उनीहरुलाई सफा पानी, खाना, र आवासको जरुरी रहेको छ। त्यहाँ ३० हजार मानिस घरबारबिहीन भएका छन्।

भारी वर्षाका कारण नदीको बाँध भत्किँदा बाढीले एक लाख मानिस बसोबास गर्ने डर्ना शहर ध्वस्त बनाएको थियो। स्थानीय अधिकारीहरुले त्यहाँ घरबारबिहीन भइ समस्यामा रहेकालाई अन्यत्रै स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.