|

चितवन : भरतपुर महानगरपालिका १९ को च्यातिएको मतपत्र मंगलबार सर्वोच्च लगिने भएको छ।  जिल्लाका राजनीतिक दलसँगको छलफलमा मंगलबार मतपत्र काठमाडौ लैजाने सहमति भएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए। 

उनका अनुसार मंगलबार विहान ७ बजे मतगणना स्थल कभर्डहलको शिल खोलेर त्यहीबाटै मतपत्र विमानमार्फत काठमाडौं पठाइनेछ। मतपेटिकामा च्यातिएको मतपत्र शिल गरेर पठाउन लागिएको उनले बताए। गणना स्थलबाट सिधै, मतपेटीकामा शिल गरी विमानस्थलबाट कामाडौ लगिने छ, घिमिरेले भने।

मंगलबार बिहान ८ः१५ को जहाजमा सुरक्षाकर्मीसहित मतपत्र लिएर जाने छन्। मतपत्र सँगै मतगणना स्थगित गरेको मुचुल्का, मतगणना स्थगनको सूचना, निर्वाचन आयोगलाई बुझाइएको प्रतिवेदन, च्यातिएको मतपत्र गणना गरेको मुचुल्का र च्यातिएका मतपत्र गणना गरेपछि पठाईएको प्रतिवेदनसँगै पठाउन लागिएको हो।

स्थानीय प्रशासनले मतपत्र च्यातिएको विषयमा माओवादी कार्यकर्तामाथि लगाइएको मुद्दाको फाइल र तत्कालिन अवस्थाको प्रहरीको प्रतिवेदन पनि पठाउने छ। प्रमुख जिल्ला अधिकारी नारायण भट्टले मु्द्दाका सबै कागजात तथा प्रतिवेदनहरु पठाइने बताए। 

असार ६ गते सर्वोच्चले उक साता भित्र सबै सक्कल प्रतिबेदन पेश गर्न भनेको थियो। सोही अनुरुप अन्तिम दिन असार १३ गते मंगलबार सबै विवरण बुझाउन लागिएको हो। त्यसको अध्ययन गरी एकसाता भित्र सर्वोच्चले फैसला गर्नेछ।

कायममुकायम प्रधानन्याधीश गोपालप्रसाद पराजुली र न्यायधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले सबै सक्कल झिकाउन आदेश दिएको थियो। गएको जेठ १४ गते राती यहाँ मतगणनाका क्रममा मतपत्र च्यातिएको थियो। भरतपुर वडा नं। १९ को मतगणना जारी रहेको बेला मतपत्र च्यातिएको हो।  

महानगरमा नेकपा एमालेका देवीप्रसाद ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालबीच प्रमुख पदमा प्रतिस्पर्धा भएको छ। दाहाल कांग्रेसको समर्थनमा उमेद्वार भएकी हुन्।

महानगरका २७ वटा वडाको गणना सम्पन्न हुँदा ज्ञवाली दाहालभन्दा ७८४ मतले अगाडि छन्।  वडा नम्बर १९ को  १८०९ मत गन्दा मतान्तर ७३३ मा झरेको थियो। वडा नम्बर २० को मत गन्न बाँकी थियो। १९ को २४०० लटको मतगणनाका क्रममा मतपत्र च्यातिउको थियो। 

माओवादी केन्द्रले, एमालेले कब्जा गर्न लाग्दा मतपत्रको रक्षागर्ने क्रममा च्यातिएको बताएको छ। उसले पुन मतदानको माग गरेको छ भने एमालेले माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेकाले पुनमतगणनाको माग गरेको छ। 

सो विवादमा आवश्यक छानबिन गरी निर्वाचन आयोगले मतदानको निर्णय गरेपनि सर्वोच्चमा अधिवक्ता तुलसी पाण्डे र भरतपुर १९ को एमालेका वडा सदस्य गुञ्जमान विकले मुद्धा हालेका थिए। सो मुद्दाको सुनुवाई गर्दै सर्वोच्चले हाललाई यथास्थितिमै राख्न भनेपनि यहाँ मतदानको तयारी रोकिएको हो। अब अर्को साता यसको सर्वोच्चले फैसला गरेपनि मतदान या मतगणना यकिन हुने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.