|

विराटनगर : सरकार ढाल्ने र जोगाउने चपेटामा परेको कोशी प्रदेशसभाले स्थिर सरकार दिन सकेको छैन।

अहिले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अहिलेकै सरकारलाई टिकाएर सहमतिको सरकार गठन गर्न प्रयासरत छन् तर यो प्रयासले निकास भने पाउने देखिदैन।

​यसैबीच नेकपा एमालेका नेता र नेकपा एकीकृत समाजवादीका नेताबीच  भेटवार्ता भएको छ। एमालेका नेता तथा पूर्व मुख्यमन्त्री शेरधन राई र नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईबीच आइतबार धरानमा भेटवार्ता भएको हो।

आपसमा भेट र कुराकानी भएको दुवै नेताले पुष्टि गरेका छन्। एमाले नेता तथा पूर्वमुख्यमन्त्री राईले प्रदेशको राजनीतिको विषयमा छलफल भएको बताए। यता एकीकृत समाजवादीका नेता राजेन्द्र राईले पनि छलफल भएको पुष्टि गरेका छन्।

विश्वासको मतका सम्बन्धमा कुरा भएको बताउँदै मिलेर सरकार बनाउने शेरधन राईको कुरा रहेको उनले उल्लेख गरे। गठबन्धनलाई पहिलो प्राथमिकता रहेको बताउँदै उनले गठबन्धनबाटै दायाँबायाँ हुने अवस्थामा दोस्रो प्राथमिकता रहेको बताए।

‘अहिलेको सरकारलाई विश्वासको मत हुँदैन, षड्‌यन्त्रकारी ढंगबाट भएको सरकारलाई  विश्वासको मत हुँदैन’, उनले भने, ‘धारा ५ मा भने छलफल गर्न सकिन्छ।’

संविधानको धारा १६८ को उपधारा (३) अनुसार एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वमा हाल कोशी प्रदेश सरकार कायम छ। उनले असोज २० गतेभित्र विश्वासको मत लिइसक्नु पर्नेछ।

उनले विश्वासको मत लिन नसके धारा १६८ को उपधारा (५) मा पुग्ने अवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.