|

काठमाडौं : चलचित्र विकास बोर्डले १० जना फिल्मकर्मी र एक समितिलाई सम्मान गरेको छ। बोर्डले सामाजिक/शासकीय रूपान्तरणमा योगदान पुर्‍याएका १० जना फिल्मकर्मीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको हो।

बोर्डद्वारा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कलाकारहरूलाई पुरस्कार प्रदान गरिन्। उनले १० जना फिल्मकर्मी र एउटा समितिलाई सम्मान गरेकी हुन्। 

मंगलबार बोर्डमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उनीहरूलाई पुरस्कार प्रदान गरेकी हुन्। पुरस्कृत हुनेहरूमा कलाकार मदनकृष्ण श्रेष्ठ, वसुन्धरा भुसाल, दिपाश्री निरौलालगायत फिल्मकर्मीहरू छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.