|

भारतको अध्यक्षतामा भएको जी–२० अन्तर्गत  चौथो वित्तीय व्यवस्थापन समूहको  बैठकमा   विश्वमा देखिएको प्रमुख आर्थिक विषयमा  छलफल गरिएको छ।

बैठकमा सप्लाई चेनलाई लचिलो बनाउन र यसको बृहत् आर्थिक प्रभावमा केन्द्रित गरिएको थियो।

प्रतिनिधिहरूले  विश्वव्यापी अर्थतन्त्रमा आपूर्ति श्रृंखला लचिलोपन सुनिश्चित गर्ने चुनौतीहरू र अवसरहरूको वरिपरि व्यापक छलफल गरिएको  विज्ञप्तिमा जनाइएको छ।

प्रतिनिधिहरूले बाह्य असंतुलन र सम्बद्ध जोखिमहरू सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहयोगको भूमिकाबारे छलफल गरेका छन्।

यस वर्ष जी–२० को भारतको अध्यक्षतासँगै, बाह्य क्षेत्रमा असन्तुलनबाट उत्पन्न हुने आर्थिक कमजोरीहरूलाई कम गर्न राष्ट्रहरू बीचको सहकार्यलाई बढावा दिने कुरामा उच्च ध्यान केन्द्रित गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.