|

काठमाडौं : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन)मा अध्यक्षको कार्यकालमा विवाद देखिएको छ।

सो सङ्गठनको २०७८ फागुन २४ गते नेपालगञ्जमा सम्पन्न सातौँ महाधिवेशनमा पहिलो १८ महिनाका लागि पाण्डव हमाल र दोस्रो १८ महिनाका लागि सह अध्यक्ष सुवास न्यौपाने अध्यक्ष हुनेगरी सहमति भएको थियो। 

हमालको कार्यकाल गत भदौ २४ गते सकिएको र अबको अध्यक्ष आफू भएको न्यौयानेको दाबी छ। तर सहज रुपमा पद हस्तान्तरण नगरेको भन्दै न्यौपानेले यही असोज १३ गते कार्यक्रम आयोजना गरी पदस्थापनको तयारी गरेका छन्।

हमालले भने निर्वाचित कार्यसमितिमाथि केही व्यक्तिको बहकावमा लागेर भ्रम फिँजाइएको र कुनै आन्तरिक सहमति भएको भए विधिवत् रुपमा प्रस्ताव पेस गर्न आग्रह गरेका छन्। उनले आफूले तीन वर्षे कार्यकालका लागि सपथ लिएकाले विधान र स्थापित मूल्य मान्यता बमोजिम काम गर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.