|

काठमाडौं : १९औं एसियाली खेलकुद अन्तर्गत ई–स्पोर्ट्सको पब्जी मोबाइल प्रतिस्पर्धामा पनि पदक जित्ने नेपालको आशा समाप्त भएको छ।

चाइना हाङझाउ ई–स्पोर्ट्स सेन्टरमा शनिबार बिहान भएको समूह ‘ए’ को सेमिफाइनलमा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पराजित भएपछि पदक सम्भावना समाप्त भएको हो ।

सेमिफाइनलमा नेपालका सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समीर गुरुङले प्रतिस्पर्धा गरेका थिए। शुक्रबार भएको एलिमिनेसन राउण्डको समूह ‘सी’ मा दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो।

अब नेपालले ई–स्पोर्ट्समा डोटा स्पर्धामा मात्र प्रतिस्पर्धा गर्न बाँकी छ । डोटामा नेपालले शनिबार नै किर्गिस्तानसँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्दैछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.