|

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। उनको चीन भ्रमणको सफलताबारे दलहरूले फरक फरक धारणा राखेका छन्।

सत्ता गठबन्धन काँग्रेसका नेताहरूले प्रधानमन्त्रीको भ्रमण सफल रहेको बताएका छन्। यसैगरी प्रतिपक्षी दल एमालेका नेताहरूले भने प्रधानमन्त्रीको चीन भ्रमण सफल नभएको बताएका छन्।

एमाले सचिव योगेश भट्टराईले प्रधानमन्त्रीले चीनसँग उच्चस्तरीय विश्वासको वातावरण बनाउन नसकेको बताए। बीआरआई परियोजनामा छलफल गर्न नसकेको बताए। उनले ताइवान र तिब्बतको विषयमा चीनलाई विश्वासमा पार्न नसकेको बताए।

उनले प्रधानमन्त्रीले तीर्थाटन गरेको र छुट्टी राम्रो गरी मनाएको टिप्पणी गरे। यसैगरी एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीको चीन भ्रमण धुमधामको गुमनाम भएको बताए। उनले किमाथांका, कोशी करिडोर, पश्चिमको करिडोर जस्ता कुनै काम नभएको बताउँदै बीआरआईमा हस्ताक्षर हुने नसकेकाले असफल भएको टिप्पणी गरे।

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको चीन भ्रमणले दुई देशबीच थप विश्वासको वातावरण सिर्जना भएको बताए। साथै उनले नेपालको राष्ट्रिय स्वाभिमान जोगाउँदै छलफल भएको दाबी गरे।

यसैगरी राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीको चीन भ्रमणलाई नाटकबाजीको संज्ञा दिएका छन्। 

उनले प्रधामन्त्रीको चीन भ्रमणको क्रममा हङकङ, मकाउ लगायतका देशमा नेपालीले पाउने दुःखका बारेमा कुरा नभएको बताए। 

रास्वपाका सांसद मनीष झाले प्रधानमन्त्रीको चीन भ्रमण औसतभन्दा सफल रहेको बताएका छन्। उनले प्रधानमन्त्रीको चीन भ्रमणलाई असफल भन्न नहुने बताए। उनले नेपालको चुच्चे नक्साको कुरा नउठाएकामा भने प्रश्न उठाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.