|

काठमाडौं : नेपाल प्रहरीको पेट्रोल पम्पमा १ करोड रुपैयाँभन्दा बढी घोटाला गरेको आरोप लागेका सहायक निरीक्षक (असइ) दिलिप कार्की दोषी ठहर भएका छन्। 

आज विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले कार्कीलाई दोषी ठहर गरेको हो । उनले कति रकम घोटाला गरे?, कति बिगो भराउने र जरिवाना ताेक्ने ? त्याे निर्धारण हुन भने बाँकी रहेको अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले थाहाखबरलाई जानकारी दिए।

कार्कीलाई सजाय निर्धारणका लागि यही असोज २५ गतेका लागि पेशी तोकिएको कार्कीले बताए। उनीमाथि प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ मा कार्कीले १ करोड ८ लाख ९९ हजार १८४ रुपैयाँ घोटाला गरेको आरोप लागेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.