|

सुर्खेत : कर्णाली प्रदेश सरकारले विभिन्न क्षेत्रमा आर्थिक सहायता वितरण गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न शीर्षकमा झण्डै सवा ६ करोड रूपैयाँ वितरण गर्ने निर्णय गरेको हो। त्यसमध्ये किसानलाई राहत स्वरूप ६ करोड रूपैयाँ वितरण गरिने कर्णाली सरकारले जनाएको छ।

गत भदौ र असोजमा अविरल वर्षासँगै आएको हावाहुरीले  बाली, पशु चौपाया क्षति भएका किसानलाई राहत रकम उपलब्ध गराइने छ।

बैठकले नेपाल बार एशोसिएसनको नियमित वार्षिक साधारण सभाका लागि १५ लाख रूपैयाँ दिने निर्णय समेत गरेको छ। बारको वार्षिक साधारणसभा गत असोज १२ गते सुर्खेतमा सम्पन्न भएको थियो।

बैठकले इजरायलमा मारिएका कर्णाली प्रदेशका नेपाली विद्यार्थीका परिवारलाई  जनही ३ लाख रूपैयाँ राहत उपलब्ध  गराउने निर्णय पनि गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.