|

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अनलाइन सेवा देशव्यापी बनाउनुपर्ने बताएका छन्।

बिहीबार ललितपुरमा सवारी चालक अनुमति पत्रको अनलाइन राजस्व भुक्तानी सहितको विद्युतीय सेवा प्रवाह प्रणाली विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले लाइसेन्स, राजस्व बुझाउन कार्यालयमा जानुपर्दैन, लाइन लाग्नुपर्दैन भन्ने कुराको सुनिश्चितता दिनुपर्ने आवश्यकता रहेको बताए। उनले तीन तहका सरकारको बीचमा समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तअनुसार अघि बढे कुनै पनि काममा सफल भइने बताए।

उनले जनतालाई झन्झटमुक्त रूपमा सहज रुपमा सेवा दिनुपर्ने अहिलेको आवश्यकता भएको बताए। उनले नाताले पाएको सास्ती देखेर विचल्ली देखेर बिचौलियाहरुले यातायात कार्यालयहरुमा सेवाग्राहीलाई शोषण गरिरहेको बताए।

उनले छिटो छरितो र नम्र भएर कर्मचारीहरुले काम गर्ने हो भने बिचौलियाहरु निषेधित हुँदै जाने बताए। उनले सेवाग्राहीको पहुँच कर्मचरीसँग नहुने तर बिचौलियाको पहुँच कर्मचारीसँग हुनु नै समस्याको जड रहेको बताए।

कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सटौलाले सडकका खाल्डाखुल्डी पुर्ने काममा सरकारले ढिलासुस्ती गरिरहेको बताए। उनले नारायणगढ—मुग्लिन लगायतका सडकखण्डमा अझै सडकहरुका खाल्डाखुल्डी पुर्न सरकारी पक्षबाट ढिलासुस्ती भइरहेको भन्दै सडक सुरक्षित नभएसम्म दशैँतिहार जस्ता चाडबाडमा समयमै र सहज रुपमा यात्रुहरुलाई गन्तव्यमा लैजान कठिन हुने बताए। उनले अग्रिम टिकट काट्नेको संख्या गत वर्षको तुलनामा धेरै भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.