|

नवरात्र विशेषगरी मातृशक्तिको आराधना गर्ने अवसर हो। वर्षभर चारवटा नवरात्र पर्ने बताइन्छ तर शरद् ऋतुमा पर्ने नवरात्रको विशेष महत्त्व छ। त्यसैले नेपाली समाजमा यसलाई बढादशैँ पनि भनिन्छ।

नवरात्रभर शक्तिस्वरूपा भगवतीको आराधना गर्ने परम्परा छ। घटस्थापना गरी जमरा राखिएको दशैँघर वा शक्तिपीठहरूमा यस प्रकारका पूजा आराधना चल्छ। नवरात्रमा विशेषगरी भगवती दुर्गाका नौ स्वरूपको विशेष पूजा आराधना हुन्छ। 

पुराणअनुसार विभिन्न समयमा माता पार्वतीले लिएको रूपलाई नै नवदुर्गा भनेर पूजा आराधना गर्ने परम्परा चलेको हो। सज्जनको रक्षा र दुष्टको विनासका लागि देवीले वेलाबखत विभिन्न रूप लिएकी थिइन्। मार्कण्डेय पुराणअन्तर्गत देवीमाहात्म्य अनुसार नवदुर्गा भन्नाले शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री हुन्। 

आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाका दिन ‘दुर्गाघट’ स्थापना गरिएको दशैंघरमा दुर्गाको पहिलो स्वरूप शैलपुत्रीको आराधना गरिन्छ। यसैगरी नवमीसम्म प्रत्येक दिन क्रमैसँग एक–एक देवीको उपासना गर्ने परम्परा छ।

यसैगरी प्रमुख देवताका अर्धाङ्गिनीहरूको पनि नवरात्रमा पूजा आराधना गरिन्छ। दुर्गाकवचमा उल्लेख भएअनुसार प्रेतमा चढेकी वाराही हात्तीमा चढेकी इन्द्राणी, भँैसीमा चढेकी वाराही, गरुडमा चढेकी वैष्णवी, साँढेमा चढेकी माहेश्वरी, मयुरमा चढेकी कौमारी, कमलको फूल लिई फूलैमाथि बसेकी लक्ष्मी, श्वेतवर्ण भएकी साँढे बाहन भएकी इश्वरी र हाँसमा चढेकी गहना लगाएकी ब्राम्ही देवीको पनि पूजाआराधना गरिन्छ। 

पुराणमा देवीका तीन स्वरूप बताइएकोछ, महाकाली, महालक्ष्मी र महासरस्वती। महाकालीलाई शक्तिको स्वरूप मानिएको छ। विशेषगरी शक्तिप्राप्तिका लागि यिनको आराधना गरिन्छ। 
यसैगरी समृद्धिको कामना गरेर महालक्ष्मीको पूजा आराधना गरिन्छ। यिनको आराधना नवमीका दिन गरिन्छ। विद्या, बुद्धि प्राप्तिका लागि महासरस्वतीको उपासना गर्ने परम्परा छ।

पुराणमा बताइएका देवीका तीन रूपमध्ये महाकालीलाई शक्तिको स्वरूप मानिएको छ। विशेषगरी शक्तिप्राप्तिका लागि यिनको आराधना गरिन्छ। बडादशैँको अष्टमीका दिन महाकालीको विशेष आराधना गरिन्छ। यसैगरी समृद्धिको कामना गरेर महालक्ष्मीको पूजा आराधना गरिन्छ। 

यिनको आराधना नवमीका दिन गरिन्छ। विद्या, बुद्धि प्राप्तिका लागि महासरस्वतीको उपासना गर्ने परम्परा छ। बडादशैँमा महासप्तमीका दिन यिनको विशेष पूजा हुन्छ। यसैगरी भद्रकालीलगायतका देवीको पनि पूजा हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.