|

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र प्यालेस्टिनी समूह हमास दुवैले आफ्ना छिमेकी प्रजातन्त्रलाई पूर्ण रुपमा मास्न चाहेको बताएका छन्।

उनले युद्धग्रस्त युक्रेन र इजरायललाई थप अर्बौं डलरको सैन्य सहयोगको स्वीकृतिका लागि आफूले संसद्‌लाई आग्रह गर्नेसमेत बताएका छन्।​ युद्धग्रस्त इजरायलको भ्रमणबाट फर्केपछि टेलिभिजनमार्फत देशवासीलाई सम्बोधन गर्दै बाइडेनले युक्रेन र इजरायलमा जारी युद्धबीच समानता खोज्ने प्रयास गरेका हुन्। 

हमास र पुटिनले फरक–फरक खतरालाई प्रतिनिधित्व गरे पनि आफ्ना छिमेकी प्रजातन्त्रलाई समूल नष्ट गर्न चाहनु उनीहरुबीचको साझा कुरो भएको बाइडेनले बताएका छन्।

एउटा महान् देशका रुपमा अमेरिकाको ठूलो जिम्मेवारी रहेको र सीमित पार्टीगत राजनीतिले त्यसमा अवरोध सिर्जना गर्न नहुने बाइडेनले विपक्षी रिपब्लिकनहरुलाई आग्रह गरेका छन्। ​

बाइडेनले हमास  र पुटिनजस्ता तानाशाहलाई जित्न नदिने दृढता व्यक्त गरेका छन्। इजरायल र युक्रेनलाई व्यापक सहयोगका लागि आफूले संसदलाई आग्रह गर्ने जानकारी दिँदै बाइडेनले यो लगानीले विश्व नेताका रुपमा अमेरिकाको भविष्य सुनिश्चित गर्ने बताएका थिए। ​

हमास इजरायल युद्धको आज चौधौं दिन पुगेको छ। युद्धमा दुवैतर्फ गरी कम्तिमा पाँच हजार एक सय मानिसले ज्यान गुमाइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.