|

कास्की : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा रहेको बताएका छन्।

नेपाल किसान महासङ्घले पोखरामा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बस्नेतले चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधानका लागि ऐन संशोधन गरेर अगाडि बढ्ने बताए।

उनले भने, “चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ । यसलाई प्रधानमन्त्री र पार्टीका नेताले सकरात्मक रुपमा लिनुभएको छ। संशोधन प्रक्रिया अघि बढिसकेको छ। 

मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रको विकृति अन्त्य गर्न कठोर नीति अवलम्बन गरिएको बताए। उनले स्वास्थ्य क्षेत्रको सुधारका आफू प्रतिबद्ध रहेको दोहोर्‍याए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.