|

बैतडी :​ दशैँ, तिहार, छठ जस्ता चाडपर्वहरूलाई लक्षित गरेर बैतडीमा असाेज २१ गतेदेखि  सुपथ मूल्य पसल सञ्चालनमा छ। सरकारले सर्वसाधारणका लागि चाडपर्वका बेला सस्तो मूल्यमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले  खोलिने  सुपथ मूल्य पसल यहाँ भने नामकाे लागि मात्रै छ।

साल्ट ट्रेडिङ कर्पोरेसन डिपो कार्यालय पाटनमा सुपथ मूल्यको पसल सञ्चालनमा रहेकाे भए पनि यहाँ दैनिक उपभोग्य सामग्रीका भने अभाव रहेकाे छ।

पाटनमा सञ्चालित  सुपथ मूल्य पसलमा नुन मात्रै उपलब्ध रहेका छ। सुपथ मूल्य पसलमा चिनी लगायतका दैनिक उपभोग्य सामग्रीहरू सस्तो मूल्यमा उपलब्ध हुने भए पनि उपलब्ध नहुँदा नागरिक महँगीको मारमा परेका छन्।

दशैँतिहारजस्ता चाडपर्वको मुखमा महंगी बढेको र सुपथ मूल्य पसलमा खाद्यान्न सामग्री नपाउँदा सर्वसाधारण रित्तो हात फर्किने गरेका छन्।  चाडपर्वका बेला सरकारले नागरिकलाई सहुलियतमा खाद्यान्न सामग्री उपलब्ध गराउनुका  सट्टा नामका मात्रै  सुपथ मूल्य पसल खोलिएका स्थानीय भागरथी भट्टले आरोप लगाइन्। सुपथ मूल्य पसलमा नुनबाहेक अन्य सामग्री नहुनु दुखद छ।

चाडपर्वमा महंगी आकास्सिएको धेरैको छ।  सुपथ मूल्य पसलमा चिनी, चामल, तेल लगायतका दैनिक उपभोग्य वस्तु नपाउँदा रित्तै फर्किनुपरेको स्थानीय करन जोशीले बताए। उनले भने, सहुलियत पसलमा चाडपर्वमा बढी आवश्यक पर्ने चिनीलगायतमा सामग्री छैन,नुनले मात्रै के गर्नु?’ 

पाटनस्थित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपो कार्यालयबाट सहुलियत दरमा आयोडिनयुक्त नुन बिक्री वितरण  भइरहेको  डिपो प्रमुख प्रेमसिंह कठायतले बताए। चाडपर्वलाई लक्षित गरेर डिपो कार्यालयबाट प्रति केजी १८ रुपैंयाका दरले सहुलियत मूल्यमा आयोडिनयुक्त नुन बिक्री भइरहेको हो। बजारमा आयोडिनयुक्त नुन प्रतिकेजी २५ रुपैंयाका दरले बिक्रीवितरण भइरहेको छ।

साल्ट ट्रेडिङको डिपो कार्यालयबाट विगतका वर्षहरूमा नुन, चिनी लगायतका दैनिक उपभोग्य वस्तुहरू सुपथ मूल्यमा बिक्री हुने गरेको भए पनि यो वर्ष नुन मात्रै सहुलियत दरमा बिक्री भइरहेको जनाइएको छ।

 डिपो कार्यालयबाट आगामी मंसिर ३ गते सम्म आयोडिनयुक्त नुन सुपथ मूल्यमा बिक्री हुनेछ। यो वर्ष डिपो कार्यालयबाट नुनमात्रै सहुलियत दरमा बिक्री गर्नका लागि अनुमतिप्राप्त नभएकोले समस्या भएको जनाएको छ।

पाटनमा सञ्चालित सुपथ मूल्य पसलमा नुनबाहेक अन्य दैनिक उपभोग्य सामग्री पठाउन धनगढीस्थित क्षेत्रीय कार्यालयलाई  आग्रह गरिएको डिपो प्रमुख कठायतले बताए। चिनीलगायतका अन्य सामग्री पठाउन आग्रह गरिएको भए पनि धनगढीमै अभाव रहेको छ। उनले भने, ‘धनगढीमै चिनीलगायका सामग्रीको अभाव रहेको खबर छ। उताबाट पठाएपछि मात्रै हामीले बिक्री गर्ने हाे। दशैँमा थप सामग्री आउने सम्भावना छैन।‘

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.