|

मकवानपुर : मकवानपुरको हेटौँडा–१५ स्थित रातोमाटेमा हाइड्रा क्रेन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 

आज बिहान पौने ६ बजे रातोमाटेस्थित पूर्व पश्चिम सडकखण्डमा चुरियामाइतर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना १ क ६०५५ नको हाइड्रा क्रेन अनियन्त्रित भई सडकको छेउमा पल्टिएको हो।

घाइते भएका सहचालक विश्रामपुर बस्ने १८ वर्षीय विपीन महत्तोलाई उपचारका लागि हेटौँडा अस्पताल लग्दा चिकित्सकले मृत घोषणा गरेको  प्रहरी उपरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले  बताए। 

क्रेनले च्यापिएको अवस्थामा  रहेका उनलाई स्थानीयवासीको सहयोगमा निकालिएको थियो। चालक पर्सा वीरगञ्ज महानगरपालिका ३० लालपर्सा बस्ने ३० वर्षीय दशरथ पासवान भने सामान्य घाइते भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.