|

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चाडपर्वमा कालोबजारी गरी उपभोक्ता ठगी गर्नेलाई कुनै कारबाही गर्न नसकिएको बताएका छन्।

सोमवार विधायन व्यवस्थापन समितिको बैठकमा विद्युतीय व्यापारसम्बन्धी विधेयक, २०८० बारेकाे छलफलमा भाग लिँदै उनले विद्युतीय व्यापारसम्बन्धी ऐनहरू बन्न नसक्दा कालोबजारी गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाउन नसकिएको स्वीकार गरे।

उनले समातिएका ठूला कालोबजारी गर्ने व्यक्ति तीन लाख तिरेर छुट्ने गरेको भन्दै जरिवानाको दायरा ठूलो बनाउन आवश्यक रहेको बताए। उनले ठूलो कालोबजारी गर्नेलाई कसुरका आधारमा दुईदेखि १० लाखसम्म जरिवाना गर्ने प्रावधान राख्नुपर्ने उल्लेख गरे।

उनले भने, ‘५० हजारदेखि ३ लाखसम्मको जरिवाना छ। समातिएका ठूला कालोबजारी गर्नेहरू ३ लाखै त हो भनेर फुत्किने गरेका छन्। त्यसकारण हामी सचेत हौँ। जेल हाल्ने त कुरै छैन, कसले हाल्छ, कहाँ हाल्छ ? अनुगमन गरेर जेल हाल्ने कुरा होइन तर ठूलो ठगीको लागि सजाय राखिएको हो। सानोलाई त ३ लाखदेखि ५ लाख जरिवाना राखिएको छ। यसलाई कसुर हेरी २ देखि १० लाख गर्नुपर्छ।’

मन्त्री रिजालले जरिवाना तिराएकाहरूले जरिबाना नतिरे कसरी उठाउने भन्नेसम्मको कानून नरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.