|

धुलिखेल : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ स्थित शिला भञ्ज्याङमा पराल ओसार्ने गाडी दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार कुशादेवीबाट नयाँ गाउँतर्फ जाँदै गरेको बा४ख ६७२३ निसान गाडी ब्रेक फेल भई सडकबाट अन्दाजी छ सय मिटर तल खस्दा गाडीमा सवारमध्ये दुई जनाको मुत्यु भएको हो। 

मुत्यु हुनेमा पनौती नगरपालिका वडा नं २ कुशादेवी बस्ने वर्ष ४० का रविन आचार्य र बेथानचोक गाउँपालिका–२ बस्ने वर्ष ५० को शिवविक्रम केसी रहेका छन्। दुवै जनालाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा परी बेथानचोक गाउँपालिका–२ का वर्ष ४५ का शारदा तिमल्सिना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। उनले टाउको, घाँटी र दुवै हात खुट्टामा चोट लागेको छ। घाइतेको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.