|

काठमाडौं : जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण पूरा गरि प्रधानसेनापति प्रभुराम शर्मा आज स्वदेश फर्कदैछन्।

उनी राति १० बजे काठमाडौं आइपुग्ने नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।  बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी हुन प्रधानसेनापति कात्तिक १० गते चीन गएका थिए।

त्यस अवसरमा उनले चिनिया जनमुक्ति सेना, सिएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीसँग भेटवार्ता गर्नुका साथै सियान सिटी, साङ्घाई र ग्वाङ्झाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न एकाइ तथा शिक्षण संस्थाको भ्रमण गरेका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.