|
रासस

काठमाडौं : जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या १२९ पुगेको छ। ३५० भन्दा धेरै घाइते भएका छन्। 

जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७  जनाको मृत्यु भएको हो। जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माका अनुसार नलगाढ नगरपालिकामा सबैभन्दा धेरै ४७ जनाको मृत्यु भएको छ। 

भेरी नगरपालिकामा ३१, कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा एक जनाको मृत्यु भएको जानकारी आएको उनले जानकारी दिए। अहिलेसम्म साढे २ सयभन्दा धेरै घाइते अस्पताल पुगेको अनुमान गरिएको उनको भनाइ छ।

रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा १९ र सानीभेरी गाउँपालिकामा ९ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए। उनका अनुसार १५० जना घाइते भएका छन्। 

तीमध्ये ८ जनालाई सुर्खेत पठाइएको छ भने अरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.