|

काठमाडौँ : पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सरकार एक्लैले देशको विकास गर्न नसक्ने बताएका छन्। ​बिहीवार प्रतिमान नीमा स्मृति प्रतिष्ठानको २० औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले देश विकासका लागि जनताले पनि सरकारलाई सघाउनुपर्ने बताए। उनले अहिले राजनीतिमा मुख्य कुरा भाषण भएको बताउँदै नेपालका प्रधानमन्त्रीहरुको भाषणबाट सबै प्रभावित हुने गरेको उल्लेख गरे। उनले भाषण कला एउटा राजनीतिक हतियार भएको बताए।

‘राजनीतिमा मुख्य कुरा भाषण हो। हाम्रा प्रधानमन्त्रीहरुको भाषणबाट सबै प्रभावित हुन्छन्। यो हतियार नै हो तर त्यो हतियार पनि नभएको बेलामा पनि उहाँहरुले लड्नुभयो र सफलता प्राप्त गर्नुभयो‚’ उनले भने‚ ‘जो पनि हामी सरकारमा हुन्छौँ, हामी भन्छौँ, देश विकास सरकारकै हातबाट हुँदैन। यसमा जनताले पनि सक्रिय भएर सहयोग गर्नुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.