|

काठमाडौं : नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त भएकी छिन्।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङमा हुने ४ देश सम्मिलित महिला टी–२० अन्तरराष्ट्रिय शृंखलाका लागि बर्मालाई नेपाली टोलीको कप्तान नियुक्त गरेको हो। 

क्यानले आज (बिहीवार) १४ सदस्यीय टोलीको घोषणा गरेको हो। यही कात्तिक २९ देखि मंसिर ३ गतेसम्म हुने उक्त शृंखलाका लागि क्यानले उपकप्तानको जिम्मेवारी भने विन्दु रावललाई दिएको छ। 

नेपाली टोलीको अन्य सदस्यमा रुविना क्षेत्री, सीता रानामगर, अश्मिना कर्मचार्य, काजोल श्रेष्ठ, रोमा थापा, सङ्गीता राई सम्झना खड्का‚ खुसी डङ्गोल, पूजा महतो, कञ्चन श्रेष्ठ, सोमु विष्ट र सोनी पाख्रिन छन्। 

हङकङमा हुने टी–२० शृंखलामा नेपालसँगै तान्जानिया, जापान र हङकङ  रहेका छन्। नेपालले आफ्नो पहिलो खेल यही कात्तिक २९ गते तान्जानियासँग खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.