|

काठमाडौं : सर्लाहीको हरिवनमा रात्रि बसको ठक्करबाट वृद्धको मृत्यु भएको छ। 

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–११, कडरिया चोकमा हरिपूर्वाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ९११७ नम्बरको बसले ठक्कर दिँदा ८० वर्षीय मानबहादुर राईको मृत्यु भएको हो। 

बुधवार साँझ बाटो काट्ने क्रममा बसको ठक्करबाट गम्भीर घाइते भएका वृद्ध राईको उपचारका क्रममा राति एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । 

चालक फरार रहेको र बस नियन्त्रणमा रहेको हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.