|

दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या गरिएको छ ।

दक्षिण अष्ट्रेलिया (एसए) को एक ग्रामीण भेगमा एक हतियारधारीले प्रहरी अधिकारीको हत्या गरेकाा हुन्। अर्का एक जना घाइते भएका छन्। 

एसए प्रहरी आयुक्त ग्रान्ट स्टीभेन्सले ब्रेभेट सार्जेन्ट ५३ ​वर्षीय जेसन डोइगको मृत्यु भएको पुष्टि गरे। २६ वर्षीय हतियारधारीले डोइगलाई गोली हानेको बताइएको छ। ​

एसए भिक्टोरियाको सिमाना नजिक एडिलेडको २४० किलोमिटर दक्षिणपूर्वमा ११ बजेर २० मिनेटमा माइकल हचिन्सन र रिबेका काससँग एक व्यक्तिले बोर्डटाउन नजिकै गोली हानेको स्टीभेन्सले जानकारी दिए।

‘सहकर्मी र प्यारामेडिकहरूले डोइगलाई बचाउने प्रयास गरे तर उनको घटनास्थलमै मृत्यु भयो’,स्टीभेन्सले पत्रकार सम्मेलनमा भने। हचिन्सन, ६९ लाई पनि गोली लागेको छ। २६ वर्षीय संदिग्धलाई प्रहरीले गोली हानेको थियो र ज्यान जोखिममा परेका घाइतेको उपचारका लागि एडिलेड लगिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.