|

पर्वत : गण्डकी प्रदेश आईटिएफ टेक्वान्दो सङ्घको आयोजनामा मङ्सिर दोस्रो ‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड टेक्वान्दो सेमिनार–२०२३’ हुने भएको छ।

खेलाडी तथा प्रशिक्षकको प्राविधिक ज्ञान को वृद्धि विकास, ग्रामीण क्षेत्रमा खेलकुदको विकाससँगै दक्षिण एसियाको एक मात्र सिकार आरक्ष ढोरपाटनको पर्यटन प्रवर्द्धन गर्ने, तेक्वान्दो (आइटीएफ) खेलको महत्त्व जनमानसमा  पुर्‍याउने लक्ष्यका साथ यही मङ्सिर ८ देखि ९ गतेसम्म बागलुङको ढोरपाटनमा सेमिनारमाको आयोजना गर्न लागिएको सेमिनारका मूल आयोजक समितिका संयोजक तथा गण्डकी प्रदेश आइटिएफ टेक्वान्दो सङ्घका अध्यक्ष घमबहादुर थापाले बताए।

उनका अनुसार नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घको समन्वय, गण्डकी प्रदेश तेक्वान्दो सङ्घ (आइटीएफ) को आयोजना तथा ढोरपाटन नगरपालिकाको सहयोगमा उक्त सेमिनार आयोजना गरिएको हो।

प्रशिक्षण कार्यक्रममा देशका विभिन्न जिल्ला र प्रदेशबाट करिब ४ सय खेलाडीको सहभागिता हुने छ। यसका लागि ढोरपाटनका स्थानीयवासीको साथ सहयोग रहनुका साथै यस सेमिनारलाई विशेष महत्वको साथ हेरिएको छ।

साथै कार्यक्रम भव्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका महासचिव घमबहादुर थापा मगरको संयोजकत्वमा विभिन्न १३ वटा उपसमिति गठन गरिएको छ। जस अन्तर्गत मिडिया व्यवस्थापन उपसमिति संयोजकमा कविता घर्ती मगर, प्रतीक घर्ती मगरको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, आकाशचन्द्र घर्ती मगरको संयोजकत्वमा अफिसियल तथा खेल सामाग्री व्यवस्थापन उपसमिति, जीवन पुनको संयोजकत्वमा होटेल व्यवस्थापन उपसमिति गठन गरिएको छ।

यस्तै खेल प्रदर्शनतर्फ फारमबहादुर महत, अतिथि व्यवस्थापनतर्फ शर्मिला महत, स्टेज तथा साउन्ड सिस्टम संयोजकतर्फ वसन्ती बुढा, खेलाडी व्यवस्थापनतर्फ दिनेश बुढा, यातायात व्यवस्थापनतर्फ विजय पुन, सुरक्षा व्यवस्थापनतर्फ तास्विन पुन, मेडिकल व्यवस्थापनमा  केशव थापा र स्वयंसेवक व्यवस्थापन संयोजकको जिम्मेवारी हर्क पुनलाई जिम्मेवारी दिइएको छ।

कार्यक्रम सङ्घीय सांसद तथा प्रभु ग्रुपका अध्यक्ष साथै नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका सल्लाहकार देवीप्रकाश भट्टचनले उद्घाटन गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.