|

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (मंगलवार) २३ दशमलव ८२ अंकले ओरालो लागेको छ। आज नेप्से १ दशमलव २८ प्रतिशतले घटेर १ हजार ८२९ दशमलव ६५ को बिन्दुमा कायम भएको हो।

आज विभिन्न कम्पनीका २८५ वटा कम्पनीका ३६ लाख ७५ हजार १०१ कित्ता शेयर ३७ हजार ६०७ पटक खरिदबिक्री हुँदा ९५ करोड ४ लाख ७९ हजार ५८३ बराबरको कारोबार भएको छ। 

आजको कारोबारपछि बजार पुँजीकरण २८ खर्ब २१ अर्ब १ करोड ८१ लाख ८७ हजार ८८० रुपैयाँ बराबर पुगेको छ।

आज म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ४२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेका छन्। 

सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक ३ दशमलव १२ र लघुवित्त समूहको २ दशमलव ८९ प्रतिशतले बढेको छ।

मेन्छियम हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ८ दशमलव १३ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने माथिल्लो मैलुङखोला हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९ दशमलव ७४ प्रतिशतले घटेको छ। 

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको ७ करोड ७८ लाख २९ हजार २३८ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.