|

काठमाडौँ : मुलुकको वर्तमान अर्थतन्त्रका विषयमा सरकारका सबै पक्षसँग भएको छलफलले मनोेबल बढ्ने  निजी क्षेत्रले बताएको छ। 

मंगलवार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकारका सबै निकायसहित निजी क्षेत्रसँग भएको छलफलपछि सञ्चारकर्मीसँगको कुराकानीमा निजी क्षेत्रले यस्तो प्रतिक्रिया दिएको हो।

अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रसँग सरकारले थालेको छलफल सकारात्मक भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सले यस्तो बताएको हो। 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सरकारका सबै निकायहरूसहित निजी क्षेत्रसँग मुलुकको वर्तमान अर्थतन्त्रका विषयमा छलफल गर्नु निजी क्षेत्रका लागि खुसीको कुरा भएको बताए।

उनले सरकारका सबै निकायमा रहेको नीतिगत कमजोरीहरू समन्वयात्मक हिसाबले समाधान गरी अर्थतन्त्र चालायमान बनाउने विषयमा सकारात्मक भएको बताए। 

यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले नीतिगत स्थिरता ल्याउनसके अर्थतन्त्र चलायमान हुने बताए। उनले सरकारको अस्थिर आर्थिक नीतिको कारण अर्थतन्त्र चलायमान बन्न नसकेको बताउँदै सरकारले निजी क्षेत्रसहित सरकारी निकायबीचको छलफल सकारात्म रहेको उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.