|

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीवार) उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९ दशमलव ८७ अङ्कले बढेर १ हजार ८६० दशमलव २० विन्दुमा पुगेको छ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ७६ अङ्कले उकालो लागेर ३५६ दशमलव ९८ मा पुगेको छ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये ३ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ। 

कूल ४४ लाख २० हजार ५१८ कित्ता शेयर १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४३० रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन्।

कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ। सो बैंकको १३ करोड १० लाख ७६ हजार १०५ रुपैयाँ बराबरको कारोबार भयो। 

सोनापुर मिनरल्स ९ करोड ५८ लाख १६९ रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड ५ करोड ४१ लख ९८ हजार १८१ रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्स ५ करोड ३० लाख ४४ हजार ४८५ रुपैयाँ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ५ करोड २१ लख २७ हजार ७१४ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार बुद्धभूमि नेपाल हाइड्रोपावर ९ दशमलव ९७, थ्री स्टार हाइड्रोपावर ८ दशमलव ५८, सिक्लेस हाइड्रोपावर ८ दशमलव ५४, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स ८ दशमलव २५ र सानिमा जिआइसी इन्स्योरेन्सका लगानीकर्ताले ६ दशमलव ३१ प्रतिशतले कमाएका छन्।

नबिल बैंक ८ दशमलव २०, किसान लघुवित्त ५ दशमलव ७८, सपोर्ट माइक्रोफाइनान्स ५ दशमलव ३४, माहुली लघुवित्त ४ दशमलव ५३ र हिमालयन लघुवित्तका लगानीकर्ताले ३ दशमलव ७३ प्रतिशतले गुमाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.