|

बैतडी : सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले बैतडीका विभिन्न शक्तिपीठहरूमा पूजाआजा र दर्शन गरेका छन्। 

उनले  दोगडाकेदार गाउँपालिका-४ बजगाउँमा रहेको भूमिराज मन्दिरको दर्शन गरेका छन्। एक हप्ताको धार्मिक भ्रमणका क्रममा उनले बिहीवार भूमिराज मन्दिरको दर्शन गरेका हुन्। 

यसअघि बिहीवार नै प्रमुख जोशीले जिल्लाको मुख्य धार्मिकस्थल मेलौली भगवतीको दर्शन गरे। प्रदेश प्रमुख जोशीलाई मेलौली नगरपालिकाको कार्यालयमा स्वागत गरिएको थियो। 

मेलौली नगरपालिका नगरप्रमुख भीमबहादुर चन्द, उपप्रमुख पार्वती बोहरा बिष्ट, मेलौली नगरपालिका वडा नं ९ का वडा अध्यक्ष लोकराज भट्ट, वडा नं ७ का वडा अध्यक्ष रामचन्द्र भट्ट, वडा नं ५ का वडा अध्यक्ष भरत पुजारा, मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिशसिंह नायकलगायतले प्रदेश प्रमुख जोशीको स्वागत गरेका थिए। 

यही मंसिर ४ गते बैतडी पुगेका प्रदेश प्रमुख जोशीले यसअघि त्रिपुरासुन्दरी भगवती मन्दिरमा दर्शन एवं पूजाआजा गरेका थिए। 

प्रदेश प्रमुख जोशी बैतडीबाट बिहीवार नै दार्चुला प्रस्थान गरे। त्यहाँ उनले मालिकार्जुन धाममा दर्शन र पूजाआजा गर्ने कार्यक्रम रहेको छ भने जोलजिवी मेलामा सहभागी हुने कार्यक्रमसमेत रहेको छ। 

प्रदेश प्रमुख जोशी मंसिर १० गते धनगढी फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.