|

रुस र फिनल्याण्डबीच सीमा क्षेत्रमा तनाव बढेको छ। शरणार्थीलाई सीमा क्षेत्रबाट आफ्नो भूमिमा पठाएको भन्दै फिनल्याण्डले रुसी सीमा नाका बन्द गरेपछि दुई देशबीच विवाद बढेको हो । 

सीमा बन्द गर्ने फिनल्याण्डको कदमलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘अत्यन्तअनावश्यक कदम’ भन्दै आलोचना गरेका छन्। फिनल्याण्डले यो महिना मात्रै ९०० भन्दा बढी रुसी शरणार्थी आफ्नो भूभागमा प्रवेश गरेको आरोप लगाएको छ। 

फिनल्याण्ड र रुसबीच एक हजार ३४० किलोमिटर सीमा जोडिएको छ। लामो सीमा क्षेत्रबाट रुसी शरणार्थी प्रवेश गरिरहेको भन्दै फिनल्याण्डले दक्षिण पूर्वी सीमाका सातवटा नाका अस्थायी रूपमा बन्द गरेको थियो भने पछिल्लो पटक उत्तरी नाका पनि अस्थायी रुपमा बन्द गर्ने घोषणा गरेको छ। 

यी नाकामा मालगाडीका लागि रेलमार्ग भने खुलै रहनेछन्। फिनल्याण्डको उक्त कदमलाई पोल्याण्डले पनि समर्थन गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.