|

मुम्बई : भारतको महाराष्ट्र प्रदेशका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले नेपाली क्रिकेटको विकासमा आवश्यक सहयोग गर्न महाराष्ट्र सरकार तत्पर रहेको बताएका छन्।

स्वतन्त्र युवा प्रजातान्त्रिक संघको संयोजनमा भारत भ्रमणमा रहेका नेपाली सञ्चारकर्मीको प्रतिनिधिमण्डलसँगको भेटमा उनले नेपाली क्रिकेटरलाई मुम्बईमा प्रशिक्षण, मैत्रीपूर्ण खेलमा सहभागी बनाउन राज्य सरकारले अधिकतम पहल गर्ने बताए।​

फडणवीसले भने‚ ‘नेपाल क्रिकेटको थप विकासका लागि महाराष्ट्र सरकारले अधिकतम प्रयास गर्छ। नेपाल क्रिकेट संघ (क्यान)ले उपर्युक्त प्रस्ताव ल्याएमा क्रिकेटमा द्विपक्षीय प्रतिस्पर्धा गर्न सकिन्छ।’​

यसैगरी उपमुख्यमन्त्री फडणवीसले भारत-नेपालको सम्बन्ध कसैले चाहेर नबिग्रने बताए।

नेपाली पत्रकारहरूले छलफलका क्रममा नेपाल-भारत सम्बन्ध, मुम्बईमा रहेका श्रमिक नेपालीहरूको अवस्था लगायतका विषयमा चासो राखेका थिए।

नेपाली पत्रकारहरूले उठाएको विषयमा उपमुख्यमन्त्री फडणवीसले सकारात्मक रूपमा लिएको बताएका छन्।

फडणवीसले महाराष्ट्र धार्मिक केन्द्र पनि रहेको बताउँदै जनकपुरधामको जानकी मन्दिर र काठमाडौँको पशुपतिनाथ मन्दिर अवस्थित जनकपुरधाम र काठमाडौँलाई आफू जोड्ने प्रयास गर्ने बताए।

नेपाली पत्रकारहरूसँगको भेटघाटमा भाजपा (भारतीय जनता पार्टी)का पूर्व प्रदेश अध्यक्ष पनि रहिसकेका फडणवीसले १२ ज्योतिर्लिङ्गमध्ये चार महाराष्ट्रमै रहेकाले महाराष्ट्र धार्मिक केन्द्र रहेकाले भारतको अनन्य मित्र देश नेपालको पशुपतिनाथ र जनकपुरधामको सिधा सम्बन्ध विस्तारका लागि आफू नेपाल छिटै पुगेर पहल गर्ने बताए।

नेपाली पत्रकारहरूले भारतको आर्थिक राजधानी मुम्बईका अगुवाका नाताले नेपालको आर्थिक उन्नतिका लागि चलचित्र, गीत संगीत, खेल र युवा सदुपयोगको विषयमा साझेदारी गरी नेपालको उन्नतिमा आर्थिक साझेदार बन्न आग्रह गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.