|

काठमाडौं : सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाई आजदेखि सुरु हुने भएको छ। 

त्यसका लागि संसदीय सुनुवाइ समितीको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। सर्वोच्च अदालतका लागि सिफारिस भएका ६ जना न्यायाधीसमध्ये तीन जनाविरुद्ध १० वटा उजुरी परेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी  दिए।

न्याय परिषद्ले शारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्चको न्यायाधीसका लागि सिफारिस गरेको थियो। 

उनीहरुमध्ये शारंगा सुवेदीविरुद्ध ६ वटा, टेकप्रसाद ढुंगानाविरुद्ध ३ र अब्दुल अजिजको नाममा एउटा उजुरी परेको प्रवक्ता गिरीले बताए।  यस्तै पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपालविरुद्ध एउटा उजुरी दर्ता भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.